Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काठ तस्करीमा संलग्न चारजनासहित टिपर प्रहरी नियन्त्रणमा

pakrau2-1623659375.jpg

 प्रहरीले अवैध काठसहित एक टिपर र तस्करीमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलीले सोमबार बिहान देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको टिपरसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा टिपर चालक पाल्पाका झविन्द्र बलाल, बुटवलका रोहित घले, रुपन्देही देवदह चरङ्गेका प्रेमबहादुर थापा र पाल्पाका गंगाबहादुर बुढा रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौंरले जानकारी दिए ।

उनका अनुसार टिपरमा ४० पिस सालका गोलिया अर्थात् १ सय ४२ क्युफिट काठ थियो । काठ, टिपर र त्यसमा संलग्न चारजनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक राठौरले बताए । बरामद् गरिएको काठ झण्डै पाँच लाख मूल्य बराबरको रहेको बताइएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०