Thursday, 20th August, 2026
वि.स.

काठमाण्डौ महानगरले आइतबारबाट स्वाब सङ्कलन थाल्ने

swab123-1605951990.jpg

 काठमाण्डौ महानगरपालिकाले भोलि (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनको कार्य सुरु गर्ने भएको छ । 

नेपाल सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरूको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब सङ्कलन गर्ने कार्यलाई फेरि सुरु गर्न लागिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । 

शनिबार राष्ट्रिय विभूति शङ्खधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको सालिक अनावरण कार्यक्रममा उपस्थित हुनुभएका मेयर शाक्यले पत्रकारहरूसँग कुरा गर्दै भोलिदेखि फेरि स्वाब सङ्कलनको कार्य सुरु गर्न लागिएको बताउनुभएको हो । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र ज्येष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताए । 

काठमाण्डौ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर परीक्षण गर्न मेयर शाक्यले आग्रह गरे । 

यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना सङ्क्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उहाँले बताए। अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णयअनुसार हुने पनि मेयर शाक्यले बताए ।   



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

swab123-1605951991.jpg






Thaha-002-1774415222.gif