Sunday, 16th August, 2026
वि.स.

काठमाडौंमा १६ भदाैसम्म लम्बियो निषेधाज्ञा, भीडभाड नगर्न आदेश

lockdowninktmc1622871893_-1629855818.jpg

काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले लकडाउन थप एक साताका लागि लम्ब्याएको हो। यस अगाडि जारी भएको निषेधाज्ञा मंगलबार रातिसम्म तोकिएको थियो।

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु स्विकृत सिट क्षमताअनुसार मापदण्ड पालना गर्ने गरी सञ्चालन हुने पाउने छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार  मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनेछन्। 

एउटा कक्षामा कम्तिमा २५ जना बढी मानिसहरु भेला नहुने गरी परीक्षा सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ। गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण जस्ता क्रियाकलापहरु सम्भव भएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेशमा भनिएको छ। 

सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमीङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशाला हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालनमा निषेध गरिएको छ। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०