Sunday, 23rd August, 2026
वि.स.

काठमाडौंमा कोरोना संक्रमितको मृत्यु

grandi-hospital-1598085972.jpg

 काठमाडौंको ग्रान्डी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत सप्तरीका   वृद्धको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । राजविराज नगरपालिका–७ का ७७ वर्षीय पुरुषको हिजो बेलुका मृत्यु भएको स्रोतको भनाइ छ। 

स्वास्थ्यमा समस्या देखिएपछि वृद्ध उपचारका लागि एक साताअघि ग्रान्डी अस्पताल आएका थिए । उपचारका क्रममा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनको शव सुरक्षा उपाए अपनाइ पशुपतिको विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिसकिएको छ। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०