Friday, 28th August, 2026
वि.स.

कांग्रेस मकवानपुरले जिल्लाका सबै स्थानीय तहमा प्रदर्शन गर्दै

congress-1610775490.jpg

नेपाली कांग्रेसले शनिबार देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार प्रदर्शन गर्न लागेको हो।

शनिबार हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ स्थित शितल महल चोक,थाहा नगरपालिकाको डाँडाबास, बागमती गाउँपालिकाको झुरझुरे ,बकैया गाउँपालिकाको हात्तिसुँढे, मकवानपुर गढीपालिकाको कुर्ले बासपानी ,भीमफेदी गाउँपालिकाको भैसे ,ईन्द्रशरोबर गाउँपालिकाको कुलेखानी,कैलाश गाउँपालिकाको कालिकाटार ,राक्सीराङ गाउँपालिकाको चैनपुर ,मनहरी गाउँपालिकाको रजैयामा विरोध सभाको कार्यक्रम गर्न लागिएको नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले जानकारी दिएका छन् ।

यसअघि कांग्रेस मकवानपुरको पदाधिकारी बैठकले प्रदर्शन तथा विरोधसभाका लागि हेटौंडा उपमहानगरपालिकामा कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने र थाहा नगरपालिकामा जिल्ला सल्लाहकार जयराम लामिछानेलाई जिल्ला प्रतिनिधि तोकेको छ ।

त्यसैगरी बागमती गाउँपालिकामा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, बकैया गाउँपालिकामा प्रवक्ता प्रदिप कोइराला, मकवानपुर गढी गाउँपालिकामा सहसचिव रामबाबु बानियाँ र भीमफेदी गाउँपालिकामा सल्लाहकार रिता खनाललाई जिल्ला प्रतिनिधि तोकेको छ ।

त्यस्तै ईन्द्रशरोबर गाउँपालिकामा जिल्ला सचिव बुद्ध लामा, कैलाश गाउँपालिकामा सल्लाहकार प्रभातकुमार दाहाल, राक्सीराङ गाउँपालिकामा सल्लाहकार उमा दाहाल र मनहरी गाउँपालिकामा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याललाई जिल्ला प्रतिनिधि तोकेको कांग्रेस मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif