Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काँग्रेस वडासमिति थाहा–४ द्वारा उपचारमा सहयोग

aaaaaaaaaaa-1624963170.jpg

नेपाली काँग्रेस थाहा–४ वडा समितिले वडाको बिरामीको उपचारार्थ आर्थिक सहयोग सङ्कलन गरी उपलब्ध गराएको छ । 

घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर बिरामी भएकी शारदा अधिकारीको उपचारार्थ रु.७४ हजार ४१५ सहयोग गरिएको सहयोग सङ्कलन अभियानका श्रीकृष्ण केसीले जानकारी दिए । रुखबाट लडेर ढाडमा चोट देखिएको अधिकारीको अहिले स्पाइनल इन्ज्युरी हस्पिटल काठमाण्डौमा उपचार भइरहेको छ । 

नेपाली काँग्रेस थाहा–४ ले ‘नेपाली काँग्रेस दुःखको साथी’ अभियान चलाएर वडासमिति सभापित हरिहर केसी र नेपाल महिला संघकी वडासमिति अध्यक्ष शतिदेवी स्याङतानको अगुवाइमा आर्थिक संकलन गरिएको श्रीकृष्ण केसीले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०