Wednesday, 19th August, 2026
वि.स.

कर्मचारी समायोजन संशोधनको बाटो खुल्यो (यस्तो छ, मापदण्ड)

MOFAGA-1611534156.jpg

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन–मिलानसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । मापदण्ड स्वीकृत भएसँगै समायोजन भएका कर्मचारीको एक पटक समायोजन संशोधन हुनेछ भने सङ्घका कर्मचारीलाई पनि प्रदेश तथा स्थानीय तहमा समायोजन भएर जान बाटो खुलेको छ ।

मापदण्डअनुसार एक स्थानीय तहबाट अर्को स्थानीय तह तथा एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन सक्नेछ । यसका लागि सम्बन्धित दुवै कार्यालयको सहमति आवश्यक हुन्छ ।

सङ्घका कर्मचारी प्रदेश वा स्थानीय तहमा जाँदा समायोजनको सुविधासमेत पाउनेछन् । तर, जागिर अवधि तीन वर्षभन्दा कम भएका सङ्घका कर्मचारी प्रदेश वा स्थानीय तहमा जान पाउने छैनन् । समायोजन मिलान गर्न चाहने कर्मचारीले अनलाइनबाटै निवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

कर्मचारी समायोजन–मिलानसम्बन्धी मापदण्ड :

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif