Tuesday, 25th August, 2026
वि.स.

करेन्ट लागेर महिलाको मृत्यु

d-body-1624169026.jpg

करेन्ट लागेर पाल्पामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–३ हिरापोखराकी ३४ वर्र्षीया निरा विकको करेन्ट लागेर मृत्यु भएको हो ।

गीत बजाउने क्रममा वुफरको तार विद्युतको बोर्डमा जोड्दा नाङ्गो तार छोएपछि करेन्ट लागेको पाल्पा प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएकी विकको पाल्पाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif