Sunday, 23rd August, 2026
वि.स.

करिब १४ अंकले उक्लियो सेयर बजार

stock-bull1607795909-1626693353.jpg

४ साउनमा सेयर बजारको परिसूचक नेप्से करिब १४ अंकले बढेको छ। १३.९७ अंकले बढेर परिसूचक २९९४ अंकमा कायम भएको छ। 

यस दिन कुल ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम सामान्य बढेको हो। ३ साउनमा ११ अर्ब ६३ करोडको कारोबार भएको थियो। 

यस दिन बैंकिङ १०, ब्यापार १९६, निर्जीवन बीमा १०१, उत्पादन ४१, अन्य १६ र जीवन बीमा समूह ५३ अंकले बढेका छन्। होटल तथा पर्यटन १६, विकास बैंक १८, माइक्रोफाइनान्स ४, जलविद्युत १ र फाइनान्स समूह २९ अंकले घटे ।  

सिनर्जी पावर डेभलपमेन्टको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो भने नेपाल इन्स्योरेन्सको मूल्य साढे ७ प्रतिशतले बढेको छ। नागरिक लगानी कोष, हिमालय उर्जा विकास कम्पनी, अरुण काबेली, हिमालय पावर पार्टनरका लगानीकर्ता पनि कमाउनेमा अगाडि रहे । 

गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ३।६ प्रतिशतले घटेको छ। मन्जुश्री फाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ। 

कारोबारका आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा रह्यो । सो बैंकको ३५ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भयो। त्यस्तै नबिल बैंकको ३३ करोडको कारोबार भयो भने नेपाल बंगलादेश बैंकको ३१ करोडको सेयर किनबेच भयो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif