Saturday, 15th August, 2026
वि.स.

कक्षा १२ को परीक्षा समयतालिका परिवर्तन

National-Examinations-Boa-1650782210.jpg

राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।

आगामी १६ जेठ देखि २५ जेठसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो ।

बोर्डले यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो ।

बोर्डले सूचना जारी गर्दै विभिन्न सरोकारवालाहरुले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेकाले समयतालिका परिवर्तन गरिएको जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif