Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज बाेर्डकाे बैठक बस्ने

610d51292b2cf_examination-1628297560.jpg

कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक २३ साउनमा (आज) बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरेसंगै बोर्डको बैठक बस्न लागेको हो ।

बोर्डले भोलि बोर्डका सचिव, सदस्यहरुलाई छलफलको लागि बोलाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताए । कोरोना कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो ।

कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटरमार्फत जानकारी गराएका छन् । तर पछिल्लो समय कोरोनाको संक्रमण बढदै गएपछि परीक्षा हुने वा नहुनेमा अन्योलता बढेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०