Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

ओहाे ! १०८ फिटकाे त्रिशूल बन्दै

Screenshot_2021-07-20-11-1626791629.jpg

काभ्रेको पनौती नगरपालिका वडा नम्बर ११ स्थित बल्थलीमा रहेको लड्केश्वर महादेव मन्दिर परिसरमा १ सय ८ फिट अग्लो त्रिशूल राख्नको लागि शिलान्यास गरिएको छ ।

हरिवोधनी एकादशीका ठुलो मेला लाग्ने लड्केश्वरमा १ सय ८ फिटको त्रिशूल राख्न लागेको नगरपालिकाले जानकारी दिएको हो । त्रिशूल राख्ने ठाउँको मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले शिलान्यास गर्नु भएको छ । पनौती नगरपालिका वडा नम्बर–११ स्थित स्थानीय, समाजसेवी तथा ओमकार टेलिभिजनको प्रालिको संयोजनमा उक्त विशाल त्रिशूल निर्माण गर्न लागिएको हो । 

त्रिशूल निर्माणको लागि करिब दुई करोड खर्च लाग्ने अनुमान गरिएको ओमकार टेलिभिजनका संस्थापक अध्यक्ष मुकुन्द शर्माले जानकारी दिए । त्रिशूल निर्माणको लागी स्थानीय नगरवासी तथा ओमकार टेलिभिजनबाट दैनिक दुई घण्टा धार्मिक तथा पर्यटकीय क्षेत्र लड्केश्वरको बारेमा कार्यक्रम प्रसारण गर्दै चन्दा सङ्कलनको कार्य भइरहेको पनि शर्माले बताए । 

धार्मिक स्थानमा  त्रिशूल स्थापनापछि लड्केश्वर महादेव मन्दिरको महिमालाई झन् बढाउने र आन्तरिक तथा विदेशी पर्यटनको आगमनमा पनौती भित्र्याउन सहयोग पुग्ने पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रेका पूर्व अध्यक्ष एवं पनौती उद्योग वाणिज्य सङ्घ पनौतीका अध्यक्ष भोला थापा, नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका पूर्व अध्यक्ष महेश पौडेल, समाजसेवी मुकेश पन्त, पूर्व कर्णेल अशोक थापा, बल्थली भिलेज रिसोर्टका सञ्चालक रामप्रसाद हुमागाईँ र वडा अध्यक्ष तारामान लामा लगायत सहभागी रहेका थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०