Sunday, 16th August, 2026
वि.स.

ओखरबजार पुल छेउ प्रहरीद्वारा वृक्षरोपण 

AP-Paudel-1633251901.jpg

थाहा नगरपालिकास्थित त्रिभुवन राजपथको ओखरबजार पुल छेउछाउ नेपाल प्रहरीले १७ असोजमा वृक्षरोपण गरेको छ ।

६६औँ प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब निरीक्षक(सइ) अच्युतप्रसाद पौडेलको नेतृत्वमा खटिएको टोलीले पुलको दुवैतिर किनारामा वृक्षरोपण गरेको हो । 

सडक र सहरको सोभा बढाउन तथा नगरलाई हरियाली बनाउने सानो प्रयासस्वरुप वृक्षरोपण गरिएको सइ पौडेलले थाहा टाइम्सलाई बताए ।

रोपिएका विरुवाहरुको संरक्षणमा समेत ध्यान दिइने प्रहरीले जनाएको छ । वृक्षरोपण गरिएका विरुवामा सल्ला, गिट्ठा लगायत रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०