nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ओखरबजार पुल छेउ प्रहरीद्वारा वृक्षरोपण 

AP-Paudel-1633251901.jpg

थाहा नगरपालिकास्थित त्रिभुवन राजपथको ओखरबजार पुल छेउछाउ नेपाल प्रहरीले १७ असोजमा वृक्षरोपण गरेको छ ।

६६औँ प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब निरीक्षक(सइ) अच्युतप्रसाद पौडेलको नेतृत्वमा खटिएको टोलीले पुलको दुवैतिर किनारामा वृक्षरोपण गरेको हो । 

सडक र सहरको सोभा बढाउन तथा नगरलाई हरियाली बनाउने सानो प्रयासस्वरुप वृक्षरोपण गरिएको सइ पौडेलले थाहा टाइम्सलाई बताए ।

रोपिएका विरुवाहरुको संरक्षणमा समेत ध्यान दिइने प्रहरीले जनाएको छ । वृक्षरोपण गरिएका विरुवामा सल्ला, गिट्ठा लगायत रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)