Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

ओखरबजारमा स्व. अमात्यकाे श्रद्धाञ्जली सभा

IMG_20210704_174505-1625401074.jpg

नेकपा एमाले  जिल्ला कमिटी सल्लाहकार स्व. कृष्णमान अमात्यकाे १३  औं दिनकाे पुण्य तिथिमा श्रद्धाञ्जली सभा भएकाे छ । एमाले थाहानगर कमिटीको आयाेजनामा कार्यक्रम भएकाे हाे । 

कार्यक्रममा तत्कालीन रुपचन्द्र विष्टको अगुवाईमा वि.स. २०३२ साल बैशाख १ गतेदेखि सुरु भएको पाविस (पालुङ विकास समिति) मा स्व. अमात्यको महत्वपूर्ण भूमिका रहेको चर्चा भएको छ ।

थाहा नगरपालिका १ ओखरबजार निवासी पञ्चायत विरुद्दका स्थानीय योद्धा कृष्णमान अमात्यको निधन भएको आज (आइतबार) १३ औं दिनको पुण्यतिथिको अवसरमा उहाँसङ्गै आन्दोलनमा सहभागी घनश्याम अमात्यले सो चर्चा गरे । अमात्यले स्व. अमात्यकै घरमा बसी शिक्षाका लागि रुपचन्द्र विष्टसहित पाविसको अवधारणा तयार गरिएको बताए । 

'छोरीलाई पढाउने जिन्दाबाद, छोरी नपढाउने मुर्दाबाद'को अभियानमा समेत स्व. अमात्यको ठूलो योगदान रहेको चर्चा गरिएको छ । त्यतिबेला देखि नै स्व. अमात्य शिक्षाको विकासमा निरन्तर लागेकाे  स्मरण गर्दै उनको निधनले थाहाको शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको स्मरण गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०