Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एसईईको नतीजा प्रकाशित, यसरी हेर्न सकिन्छ(लिङ्कसहित)

Neb-1628329738.png

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो ।

विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बताएको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थाबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कन्सेपट प्लस, एडुसञ्जाल, ईकान्तिपुरएनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०