Saturday, 15th August, 2026
वि.स.

एयरपोर्टमा एक किलाे सुन, सुन ल्याउने काे हुन् ? (विवरणसहित)

Gold-12-1627402786.jpg

त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानमार्फत दुबईबाट आएका गोरखाका पदम परियारलाई १२ साउनमा प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको आगमनतर्फको भन्सार चेकचाँच गर्ने क्रममा एक्सरे गर्दा उनले ल्याएको कफी मेकरमाथि शंका लागेर खोलेर हेर्दा फलामबाट बनेको वस्तुभित्र अवैध रुपमा ल्याएको ११ सय ६५ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका परियारलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif