nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले मकवानपुरमा भूगाेलबाट थाहानगरबाट ६ जना जिल्ला सदस्य

umlfinal-1641519079.jpg

एमाले मकवानपुरको जिल्ला अधिवशेन भोलि २३ गते र २४ गते दुई दिन हुँदै छ । अधिवशेनको लागि जिल्ला कार्यसमिति,प्रतिनिधि छनोट र मनोनित् सहित गरेर ८ सय २ जना प्रतिनिधि रहेका छन् ।

९ हजार ५ सय पार्टी सदस्यता रहेको एमाले मकवानपुरको जिल्ला अधिवेशनले अध्यक्ष,उपाध्यक्ष,सचिव र दुई उपसचिव एक अनिवार्य महिला गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी बन्दैछ ।

अधिवेशन अघि एमाले मकवानपुरले सदस्यता संख्याको आधारमा जिल्लाको स्थानीय तहहरुलाई जिल्ला सदस्यको संख्या छुट्याएको छ । 

कमिटीमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १० जना जिल्ला सदस्यमा पर्ने भएका छन् । ६ जना खुल्लाबाट र ४ जना महिला अनिवार्य गरेर १० जना पर्ने भएका हुन् ।

यसैगरि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका र पूर्वमा पर्ने बकैया गाउँपालिका भित्रका ६/६ जना पर्ने भएका छन् । जसमा ४ जना खुल्लाबाट र २ जना महिला अनिवार्य रहेको छ ।

यसैगरि जिल्ला सदस्यमा जिल्लाको मनहरी,कैलाश,बागमती,भीमफेदी र राक्सिराङ गाउँपालिकाबाट ५/५ जना पर्ने भएको छ । जसमा खुल्लाबाट ४/४ जना र महिला अनिवार्यबाट एकएक पर्ने भएका छन् । यसैगरि जिल्लाको मकवानपुरगढी र ईन्द्रसरोबर गाउँपालिका भित्रका क्रमशः ४ जना र ३ जना पर्ने भएका जसमा एक एक जना महिला अनिर्वाय रहेको एमाले मकवानपुरले जनाएको छ ।

यसैगरि,जिल्ला कमिटीमा मजदुरबाट ४ जना खुल्ला र एक जना महिला गरेर ५ जना,पेशागतबाट १ जना खुल्ला र एक जना महिला गरेर २ जना,दलित २ जना खुल्ला र एक जना महिला गरेर ३ जना,जनजाती,मुस्लिम र अल्पसंख्यकबाट ४ जना खुल्ला २ जना महिला गरेर ६ जना,अन्य खुल्ला १६ जना र महिला खुल्ला १४ जना  गरेर १ सय ५ जनाको जिल्ला कमिटी बन्न लागेको एमाले मकवानपुरले जनाएको छ ।

१ सय ५ सदस्सीय कमिटीमा एमाले मकवानपुरले ३३ प्रतिशत महिला सदस्यताको सुनिश्चिता गरेको देखिन्छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)