nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले मकवानपुरबाट बाढी पीडितप्रति दुःख व्यक्त, राहत उद्दार कार्यलाई तिव्रता दिन आग्रह 

download-(1)-1502622599.jpg

मकवानपुरमा तीन दिन देखि परेको अबिरल बर्षाका कारण जिल्लाका बिभीन्न स्थानमा मानविय तथा भौतिक क्षति पुगेकोमा नेकपा एमालेले दुःख व्यक्त गरेको छ । 
एमाले जिल्ला कमिटि मकवानपुरले विज्ञप्ती जारी गरी दुःख व्यक्त गरेको हो । विज्ञप्तीमा भजिएको छ–‘ बिशेषगरी मकवानपुरको बकैयाँ गाउँपालिका, भिमफेदी गाउँपालिका र बागमति गाउँपालिकामा बाढी तथा पहिरोले बगाएर झण्डै एक दर्जन मानिसको मृत्यु भएको खबर प्राप्त भएको छ, यसमा नेकपा एमाले मकवापुर मृतकप्रति हार्दीक श्रदान्जली ब्यक्त गर्दै परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछौ ।’ बाढी पहिरोमा परि घाईते भएका नागरिमा सिघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्ती मार्फत गरिएको छ ।

बाढी पहिरोका कारण हेटौडा उपमहाँनगरपालिका, मनहरी गाउँपालिका, गढी गाउँपालिका, भिमफेदी गाउँपालिका, बागमति गाउँपालिका लगायतका क्षेत्रममा बाढी र पहिरोको उच्च जोखिम रहेकाले उक्त क्षेत्रमा सर्तकता अपनाई सुरक्षित स्थानमा पु¥याउनका लागि सम्बन्धित सबैको पहल कदमी गरिदिनुहुन विज्ञप्ती मार्फत आव्हान गरिएको छ । 

अहिलेको यस संकटको घडिमा बाढी पहिरोको जोखिममा परेका नागरिकको उद्धार, राहत तथा घाईतेहरुको उपचारमा तत्काल ध्यान दिनका लागि एमालेका स्थानिय र जिल्ला स्तरका नेता तथा कार्यकर्ता, जनबर्गिय संगठनका प्रतिनिधि, सबन्धित गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधिहरु लागेको उल्लेख गर्दै यो संकटको घडिमा नागरिकको सुरक्षानै हाम्रो प्रमुख दायित्व भएकाले मानबिय कार्यमा लाग्नका लागि पार्टी जिल्ला कमिटी मकवानपुरले आव्हान गरेको छ । विज्ञप्तीमा बाढी, पहिरोको जोखिम बढेपछी घर छोडेर सुरक्षित स्थानमा बस्नुभएका सबै परिवारमा धैर्य धारण गर्न समेत हामी अपिल गरिएको छ ।









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg