Tuesday, 25th August, 2026
वि.स.

एमाले थाहाका अध्यक्ष ढकालले गरे वडा कार्यालयलाई खाद्यान्न सहयोग

saha-1623587028.jpg

नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले व्यक्तिगत तर्फबाट थाहा नगरपालिका वडा नम्बर ७ कार्यालयलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । अध्यक्ष ढकालले ३० जेठमा वडा नम्बर ७ को कार्यालयमै पुगेर वडा अध्यक्ष सनमसिं मुक्तानलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

वडा अध्यक्ष मुक्तानले ढकालबाट १० बोरा जिरा चामल, १ बोरा रातो दाल, २ कार्टुन भटमास तेल र ५ कार्टुन वाइवाइ चाउचाउ प्राप्त भएको जानकारी दिए । 

सहयोग गरिएको सामग्री कोरोना कहरका कारण हातमुख जोर्न समस्या भएका विपन्न वर्गका व्यक्तिहरुलाई राहतको रुपमा प्रदान गर्न ढकालले आग्रह गरे । 

सो अवसरमा एमाले मकवानपुरका जिल्ला कमिटी सदस्य सुरेन्द्रमान प्रधान, नगर कमिटी सचिव कुमार नेगी, नगर सचिवालय सदस्य रामराजा केसी, स्थानीय शम्भु खत्री लगायतको सहभागिता थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif