Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमाले थाहाका अध्यक्ष ढकालद्वारा १३ औँ दिनको पुण्य तिथिमा छात्रवृत्ति घोषणा

achyut-1624804743.jpg

नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले चालु शैक्षिक सत्रका लागि दुई जनालाई छात्रवृत्तिको घोषणा गरेका छन् । 

आफ्नो स्वर्गीय माताको १३ औँ दिनको पुण्य तिथिमा एमाले थाहाका अध्यक्ष ढकालले छात्रवृत्तिको घोषणा गरेका हुन् । स्वर्गीय माता भक्तकुमारी ढकालको १३औँ दिनको पुण्य तिथिमा स्वर्गीय पिता रोजनाथ ढकालको समेत स्मृतिमा थाहा नगरका दुई शैक्षिक संस्थामा अध्ययनरत दुई विद्यार्थीहरुलाई छात्रवृत्ति घोषणा गरिएको अध्यक्ष ढकालले बताए । 

चालु शैक्षिक सत्रका लागि पालुङ बहुमुखी क्याम्पसमा अध्ययनरत गरीव, जेहेन्दार, दलित, जनजाति, अपाङ्गता भएका आदिमध्ये क्याम्पसले सिफारिस गरेको एक जना विद्यार्थी र थाहा नगरपालिकामा प्राविधिक शिक्षा लिइरहेका कक्षा १० भन्दा माथिका एक जना छात्रालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने उनले जानकारी दिए । 

स्वर्गीय माताको १३ औँ दिनमा घोषणा गरिएकोले लैङ्गिकताको आधारमा प्राविधिक शिक्षातर्फ छात्रालाई प्राथमिकता दिएर प्राविधिक शिक्षा छात्रवृत्ति घोषणा गरिएको ढकालको भनाइ छ । 

एमाले अध्यक्ष ढकालको ममतामयी माता भक्तकुमारी ढकालकोे १ असारमा असामयिक निधन भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०