nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले छाडेर समाजवादी रोजेका मकवानपुरका दुई गाउँपालिका अध्यक्षको धरौटी जफत

280455635_529638998651011-1652721424.jpg

 नेकपा एमाले विभाजनसँगै स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालेबाट विजयी भएका मकवानपुरका दुई वटा गाउँपालिका अध्यक्षले यो पटकको निर्वाचनमा लज्जास्पद हार व्यहोरेका छन् ।

मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा हालका अध्यक्षमा उम्मेदवार जीवन लामा र कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् हाल अध्यक्षका उम्मेदवार रहेका टंक मोक्तानले लज्जास्पद हार बेहोरेका हुन् ।

कैलाशका टंक मोक्तानले यो पटक १ सय २० मत मात्र ल्याएपछि उनको धरौटी जफत भएको छ । उनले स्थानीय तह निर्वाचन २०७४ मा २ हजार ८ सय २ मत ल्याउँदै एमालेबाट विजयी भएका थिए । www.nepalprees.com बाट


यसैगरी मकवानपुरको इन्द्र सरोबर गाउँपालिकामा पनि निवर्तमान गाउँपालिका अध्यक्ष जीवन लामाले ४ सय ७९ ल्याएका छन् । गत स्थानीय तहको निर्वाचनमा लामाले ३ हजार २ सय ४ मत ल्याएर एमालेबाट विजयी भएका थिए ।

इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष नेकपा एसलाई दिने सहमति भए पनि स्थानीय स्तरमा कांग्रेस–माओवादी मिलेर निर्वाचनमा होमिएको थियो ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)