Saturday, 27th July, 2024
वि.स.

एमालेको प्रस्तावमा काँग्रेस–माओबादी सहमत
पहिला स्थानीय तहको निर्वाचन

प्रमुख तीन दल पहिला स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको तीन दलको बैठकमा पहिला स्थानीय तहको निर्वाचन गर्न तीनै दलका शीर्ष नेताहरु सहमत भएका हुन् ।
संविधान संशोधन प्रस्तावले धुव्रीकरण चुलिइरहेको बेला पहिला स्थानीय तहको निर्वाचन गर्ने विषयमा कांग्रेस–माओवादी केन्द्र र एमाले पुनः मिलन विन्दुमा पुगेका हुन् । 
माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा  एमालेले पहिला स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले सहमति जनाएको सञ्चारमाध्यमहरुले जनाएका छन् । 
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, पम्फा भुसाल, बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतको उपस्थिति थियो ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)