nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमालेको घोषणापत्र सार्वजनिक: दामन स्मार्ट सिटी

नेकपा एमालेले महत्वाकांक्षी एवं लोकप्रिय कार्यक्रमलाई समेटेर स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र बनाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा १८ वैशाखमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गरे । घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता, भौतिक पूर्वाधार सहित विकासका विभिन्न मोडलहरुलाई उल्लेख गरिएको छ । 

एमालले आफ्नो घोषणापत्रमा मकवानपुरको दामन सहित मस्र्याङ्दी उपत्यका, इलाम, अरुण उपत्यका, वालिङ, लुम्बिनी, जुम्ला, डडेल्धुरा लगायत स्थानमा आधुनिक एवम् समृद्ध स्मार्ट सिटी बनाउने बताएको छ ।

एमालेले आफ्नो घोषणापत्रमा आफ्नो सरकार बनेको दोश्रो वर्षमै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई मिलाएर मेघा नगर घोषणा गर्ने दाबी गरेको छ ।

एमालेले आफ्नो घोषणा पत्रमा नै ९ वटा महानगरपालिका थप्ने घोषणा गरेको छ । कैलालीको धनगढी र अत्तरियासमेत, बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरासमेत, दाङको तुल्सीपुर र घोराहीसमेत, रुपन्देहीको बुटवल र भैरहवासमेत, पर्साको वीरगञ्ज र पोखरियासमेत, धनुषाको जनकपुर, धनुषाधाम र ढल्केवरसमेत, मोरङको विराटनगर, रङ्गेली र टङ्कीसिनवारी समेत, सुनसरीको धरान र इटहरीसमेत तथा झापाको बिर्तामोड, भद्रपुर र मेचीनगरसमेत मिलाएर ९ नयाँ महानगर घोषणा गर्ने उसले बताएको छ ।

घोषणापत्र ५२ पृष्ठ लामो रहेको छ ।