nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

एमालेको गाउं जागरण अभीयान वडा केन्द्रित 

मकवानपुरको भीमफेदी गाउंपालीका अन्तरगत भैंसे, निबुवाटार, भमिफेदी, कोगटे र इपा गा.बि.स.मा संबिधान कार्यान्वयन तथा संगठन बिस्तार अभीयान सञ्चालन भइ रहेको अभीयानका सहइञ्चार्ज ने.क.पा. एमाले जिल्ला कमिटि सदश्य भगवती पुडासैनीले बताइन् ।

१५ मंसिरबाट सुरु भएको चार महिने अभीयानमा भीमफेदी गाउंपालीकाका सात गा.बि.सको कार्ययोजना तयार बैठक सम्पन्न पश्चात पौष २ गतेबाट वडास्तरमा बिस्तार भएको अभीयान दोश्रो चरणको कार्यकं्रम यहि १६ गते सम्पन्न हुदैछ । यसपछी वडा स्तरीय कोण सभा तथा टोल सभा आयोजना हुने जानकारी प्राप्त भएको छ । अभियानमा अन्य पार्टी परीत्याग गरी नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रबेश गर्ने जन लहर चलेको अभीयानका इञ्चार्ज श्रीधर पोख्रेलले बताए । 

सुरेन्द्र थिंके, भीमफेदी