Sunday, 16th August, 2026
वि.स.

एमालेका १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण माग [को-को परे हुर्नुहोस नामावली]

Karbahi-1621676185.jpg

नेकपा एमालेले माधव नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार बेलुका ५ बजेसम्म स्पष्टीकरण बुझाउन निर्देशन दिइएको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

प्रमुख सचेतक निरौलाका अनुसार स्पष्टीकरण आएपछि कारबाहीको थप प्रक्रिया सुरु हुनेछ । एमाले प्रदेशसभा सदस्यीय बोर्डको बैठकले कोभिड–१९ प्रकोप नियन्त्रण र रोकथामका लागि थप प्रभावकारी ढंगले लाग्न सरकारलाई आग्रह समेत गरेको छ ।

यि हुन् सस्पष्टीकरण मागिएका प्रदेश सभा सदस्यः

  • अष्टलक्ष्मी शाक्य
  • राजेन्द्रप्रसाद पाण्डे
  • अरुणप्रसाद नेपाल
  • रचना खड्का
  • कुसुमकुमार कार्की
  • मनु सिग्देल
  • बसुन्धरा हुमागाईं
  • लक्ष्मण लम्साल
  • इन्द्रमाया गुरुङ
  • कृष्णप्रसाद खनाल
  • वसन्त मानन्धर
  • शान्तिप्रसाद पौडेल
  • पार्वती सिलवाल
  • मीना ज्ञवाली


https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif