Wednesday, 1st July, 2026
वि.स.

एक हप्ता बिद्यालय बन्द गर्न प्याब्सन थाहानगरको निर्देशन

school-1604035518.jpg

पछिल्लो समय थाहानगरमा पनि कोरोना भाइरसका सन्क्रमितको संख्या बढेपछि तत्कालका लागि बिद्यालय नखोल्न्न निजी तथा आवासीय बिद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) थाहानगरले आफ्ना सदस्य बिद्यालयहरुलाइ सुचित गरेको छ ।

शुक्रबार आएको स्वाव परीक्षणको रिपोर्ट अनुसार स्वास्थकर्मीसहित थप ५ जनामा कोरिना पोजिटिभ देखिएपछि थप जोखिमलाइ न्यूनिकरण गर्न बिद्यालयहरु बन्द गर्न सूचना गरिएको प्याब्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले बताए ।

प्याब्सनको सुचना पछि बज्राबारहीमा खुलेका निजी स्कुलहरु शुक्रबार नै बन्द गरेका छन् । मेयर साबसङ्ग कुराकानी भएको छ, अब कोरोनाको जोखिम बढेको अनुभूति भएकोले आइतबार शिक्षा समिति र सरोकारवालाहरुको बैठक बस्ने कुरा भएको छ, त्यसैले हामीले आउदो शुक्रबार (कात्तिक २१ गते) सम्मका लागि बिद्यालयहरु बिदा गर्ने निर्णय गरेका छौँ ।प्याब्सन नगरबाट जारी सुचनामा भनिएको छ ।

तत्कालका लागि प्रभावित क्षेत्रहरु दामन, पालुङ र बज्रबाराहीका बिद्यालयहरुको पठनपाठन स्थगन गरिने अध्यक्ष प्रधानले बताए । सुचनामा भनिएको छ बिद्यालयको प्रशासन कक्ष खुल्ला रहनेछ, आफ्ना बालबालिकाहरुलाइ भने घरमै सुरक्षित राख्नुहोला ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०