Sunday, 23rd August, 2026
वि.स.

एक सातामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु

corona-Update-1598227770.jpg

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । ७ भाद्रमा रुपन्देहीमा ३ जना, झापा, सुनसरी, धनुषा सर्लाही र पर्सामा एकएक जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ ।

यससँगै मृतकको संख्या १५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा गरी १३७ जना संक्रमित आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

७ भाद्रमा मात्र सुनसरीको धरान– ८ का ६८ वर्षीय, झापाका ५८ वर्षका पुरुष, धनुषाको जनकपुरधाम–२० रुपैठाका ५८ बर्षीय, सर्लाहीको लालबन्दीकी ३३ वर्षीया महिला, रुपन्देहीको बुटवल–१ का ६७ वर्षीया महिला, रुपन्देहीकै समरीमाई गाउँपालिका–२ का ३८ वर्षीय पुरुष, रुपन्देहीकै रोहिणी गाउँपालिका–३, धकधईका ५३ वर्षीय पुरुष र पर्साको वीरगञ्ज–११ की ५६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । 

यसंगै भाद्र पहिलो सातामा मात्र ५५ जनाकाे ज्यान गएकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०