Thursday, 27th August, 2026
वि.स.

एक महिनादेखि बेपत्ता झा दम्पतीको शव फेला

bara-1616664675.jpg

एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव बिहीबार फेला परेको छ। महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहका अनुसार फेला परेको शव हराइरहेका झा दम्पतीकै हो।

‘ हराएका बुढा-बूढीको शव पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको हो, सिंहले भने,‘उनीहरूले शव चाँडो कुहियोस् भनेर नुन पनि हालेको देखियो। मृतकका छोरा र भतिजाले सनाखत गरेका हुन्।उनीहरूको अपहरण र हत्याबारे  अनुसन्धान भइरहेको  सिंहले बताए।

गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित वेपत्ता पारिएको थियो।बेपत्ता भएका दम्पत्ति अपहरण अभियोगमा प्रहरीले यसअघि चार जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५, सहोडवाका ५२ वर्षिय रामबाबु यादव, उनकै २६ वर्षिय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले लामो समयसम्म बेपत्ता दम्पत्तिको अवस्था सार्वजनिक गर्न नसकेपछि सीआइबीले अनुसन्धान थालेको २ दिनमै चारै जनालाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी सार्वजनिक गरेको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif