Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एकैदिन ५५ संक्रमित फेला पर्यो-गाउँ गाउँमा रोग लुकाउदै !

COROOO-1621956588.jpg
  • सुरेन्द्रमान प्रधान/थाहानगर

हरेक दिन संक्रमित दर बढ्दै ११ जेठमा मात्रै थाहानगरमा ५५ जनामा पोजेटिभ भेटिएको छ । नगरको २ मा १ जना, ४ मा २ जना, ६ मा ३ जना संक्रमित थपिएका छन् । यसैगरी ७ नम्बरमा ६६ जनाको एन्टिजेन परिक्षणमा ३७ जना पोजेटिभ भेटिएका छन् । ७ नम्बर वडाको फिल्डमा ६५ जना र प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा १ जनाको परिक्षण गरिएको डा. रिकेश कार्कीले बताए । ७ नम्बरमा मङ्गलबारसम्म ४१ जनामा संक्रमण पुष्टि भैसकेको छ । यसैगरी ११ नम्बरमा २१ जनाको एन्टिजेन परिक्षणमा १२ जनामा संक्रमण देखिएको छ । ११ नम्बरमा ११ जेठसम्ममा २० जना संक्रमित भेटिएका छन् ।

यसैबीच, मङ्गलबारसम्म थाहानगरमा संक्रमितको संख्या ४ सय ५० बढी पुगिसकेको छ । कोरोना संक्रमितमध्ये ४ जनाको मृत्यु भैसकेको छ । २० जनाको थाहानगर बाहिर उपचार भैरहेको छ तर, अझै पनि संक्रमित स्वयं र संक्रमित परिवारका सदस्यहरु खुल्ला हिड्नु नगरको चुनौती भएको छ । वडाका जनप्रतिनिधिहरुसङ्ग समन्वय गरेर फिल्ड मै स्वाव संकलन गरिरहेको भए पनि मानिसहरु सकेसम्म रोग लुकाएर बस्ने गरेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा परिक्षणमा आएका धेरैजसो सहनै नसक्ने अवस्था भएपछि मात्र आएका छन् । गाउँ गाउँमा स्वाव संकलन गर्न स्वास्थ्यकर्मीको टोली जाने गरेपनि सजिलोसङ्ग स्वाव दिन मानिस तयार नभएको डा. कार्कीको अनुभव छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०