Wednesday, 19th August, 2026
वि.स.

एकैदिन १०,३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

banner-covid-19-1280x549-1643022037.jpg

पछिल्लो २४ घण्टामा १०,३१९ जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१,२०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६,६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८,०५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २,५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२,५५० संक्रिय संक्रमित छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या १०,३३,६२६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११,६५९ पुगेको छ भने ८,२४,२३९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२,५५० जना रहेका छन् । जसमध्ये ८०, ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८४ जना कोरोना संक्रमित थपिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif