nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एकैदिन १०,३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

banner-covid-19-1280x549-1643022037.jpg

पछिल्लो २४ घण्टामा १०,३१९ जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१,२०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६,६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८,०५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २,५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२,५५० संक्रिय संक्रमित छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या १०,३३,६२६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११,६५९ पुगेको छ भने ८,२४,२३९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२,५५० जना रहेका छन् । जसमध्ये ८०, ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८४ जना कोरोना संक्रमित थपिएका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)