Friday, 3rd July, 2026
वि.स.

एकीकृत नमुना बस्ती तयार,मुख्यमन्त्री पौडेलले उद्घाटन गर्ने

namuna-basti-1612343954.jpg

 बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको संयुक्त लगानी रामेछापको खाँडादेवी–३ डफ्काको माझी गाउँमा एकीकृत नमुना बस्ती तयार भएको छ ।

बागमती प्रदेश सरकारको १ करोड ५० लाख रुपैँया र गाउँपालिकाको ७५ लाख रुपैँया गरी २ करोड २५ लाख रुपैँयाको लागतमा बस्ती निर्माणको काम सम्पन्न भएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङले जानकारी दिए । नमुना बस्ती निर्माणका लागि बागमती प्रदेशको कृषि निर्देशनालय मार्फत रकम विनियोजना गरिएको हो ।

एकीकृत बस्तीमा ४२ वटा दुई कोठे घर र शौचालय छन् । त्यस्तै सामुदायीक भवन, खेल मैदान लगायतका संरचना पनि बनेका छन् । स्थानीय माझी समुदायको २६ रोपनी जमिनमा बस्ती बनेको हो ।

एकिकृत नमुना बस्तीको माघ २४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीका साथै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा लगायतको सहभागिता हुने गाउँपालिका अध्यक्ष तामाङले बताए ।

बस्तीलाई होम स्टेको रुपमा विकास गरी सुनकोसी नदीमा डुंगा र र्‍याफ्टिङ समेत सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको वडाध्यक्ष पुष्कर कार्कीले बताए। सुनकोसी पारि सञ्चालनमा रहेको बीपी मार्ग र निर्माणाधीन मध्यपहाडी मार्गसँगै जोडिएको सो बस्ती माझी संस्कृतिको पर्यटन केन्द्र बन्नसक्ने देखिन्छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०