Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एकजनामा कोरोना संक्रमण भएपछि न्यूजिल्यान्डमा देशव्यापी लकडाउन घोषणा

jacinda-ardern-new-zealan-1629195474.jpg

एकजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले आजदेखि देशव्यापी लकडाउनको घोषणा गरेकी छिन् । गत फेब्रुअरीदेखि पहिलोपटक मंगलबार स्थानीय संक्रमण पुष्टि भएको थियो ।

अधिकारीहरुले डेल्टा प्रजाति हुनसक्ने आंकलन गरेका छन् तर, सीएनएनका अनुसार जिन सिक्वेन्सिङ भैरहेको छ । त्यहाँको ठूलो सहर अकल्यान्डका एक ८५ वर्षिय वृद्धमा भाइरस संक्रण पुष्टि भएको थियो । ती वृद्धले खोप लगाएका थिएनन् ।

आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य निर्देशक एस्ले ब्लुमफिल्डले संक्रमित व्यक्तिले विभिन्न सहर घुमेको र सम्भवतः सीमावर्ती क्षेत्रबाट संक्रमण भएको हुनसक्ने बताए ।

मंगलबार रातीदेखि त्यहाँ लकडाउन सुरु हुँदैछ । लेभल फोरको यो लकडाउनमा अत्यावश्यक सबै जनालाई घरमै बस्न भनिएको छ र व्यापार तथा व्यवसाय बन्द गर्न भनिएको छ । गतवर्ष न्यूजिल्यान्डमा लकडाउन लागू भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०