Wednesday, 1st July, 2026
वि.स.

ऋषेश्वर गुम्बाको संरक्षण हुँदै, छायाँश्वरीलाई एक करोडको ठेक्का

Gumba-1542711020-1630479087.jpg

मकवानपुरको प्रशिद्ध ऋषेश्वर क्षेत्र संरक्षणको काम अघि बढ्ने भएको छ । थाहा नगरपालिकाले ऋषेश्वर क्षेत्र संरक्षण गरी पर्यटन प्रवर्धन गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेपछि अब काम अघि बढ्ने भएको हो । 

चालु आर्थिक वर्षका लागि डिपिआर अन्तर्गत् ऋषेश्वर गुम्बा संरक्षण कार्यका लागि रु.एक करोड दुई लाख उनान्नब्बे हजार ५१९ मा ठेक्का पारित भएको छ । पुरातत्व विभागले सो गुम्बाको संरक्षण कार्य सम्पन्न गर्न ठेक्का लगाएको हो । 

गोरखापत्रमा प्रकाशित सूचना अनुसार रितपूर्वक दर्ता भएका बोलपत्रहरुमध्ये छायाँश्वरी निर्माण सेवा प्रा. लि. लाई छनोट गरिएको पुरातत्व विभागले जनाएको छ । विभागले १६ भदौमा सिलबन्दी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक गरेको छ । 


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०