Monday, 31st August, 2026
वि.स.

उप-चुनावका लागि नेकपाले टुंग्यायो उम्मेदवार

उपनिर्वाचनका लागि नेकपाले आफ्नो उम्मेदवारहरुको नामको टुंगो लगाएको छ । १७ कार्तिक साँझ बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो ।

प्रतिनिधिसभाका लागि कास्की-२ बाट विद्या भट्टराई, दाङ क्षेत्र नम्बर ३ 'ख' बाट विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारीको पत्नी हुन्। अधिकारीको हेलिकप्टर दुर्घटना परी निधन भएको थियो। वली पूर्व प्रदेश सांसद उत्तरकुमार वलीको श्रीमति हुन्। सांसद उत्तरकुमारको मोरटसाइकल दुर्घटनामा परी निधन भएको थियो।

यस्तै, भक्तपुरमा १ 'क' मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। धरान उपमहानगरपालिकामा नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बाग्लुङमा भने नेकपाले राष्ट्रिय जनमोर्चा पार्टीलाई समर्थन गर्ने भएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०