Tuesday, 25th August, 2026
वि.स.

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

ktm-1623406433.jpg

 काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ। यसअघिको निषेधाज्ञा यही ३१ जेठमा सकिँदैछ। संक्रमणदरमा केही कमि आएको भएपनि सोचिएजस्तो सुधार भने भएको छैन। 

हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।  ‘उपत्यकाको अहिलेको परिस्थितिलाई हेर्ने हो भने निषेधाज्ञा थप गर्नुपर्ने देखिन्छ । अझै पनि कोरोना संक्रमणदर घट्नुपर्नेजति घटेको छैन । संक्रमणको उच्च जोखिम कायमै रहेको छ,’ प्रजिअ पराजुलीले भने । 

निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने उनले बताए। बिहान ९ बजेसम्म खाद्यान्न पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइनेछ  ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif