Wednesday, 26th August, 2026
वि.स.

उद्धारमा हिँडेको सेनाको गाडी दुर्घटना

accident-new-1593855452.jpg

 केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएकाहरुको उद्धार गर्न गएको सेनाको गाडी नै दुर्घटनामा परेको छ ।

केदारस्युँ गाउँपालिकाको वडा नम्बर चार बाग्थलामा नजिकै सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । दुर्घटनामा तीन जना घाइते भएको छन् । गाडीमा १५ जना सवार थिए ।

अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयबासीले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन् ।

वडा अध्यक्ष गणेशबहादुर बोहोराकाअनुसार ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षका छोरा प्रयाग, ८० वर्षीय दले जेठारा र १३ वर्षीय सन्तु जेठाराको शव भेटिएको छ ।

राममतीकी १६ वर्षीया छोरी अस्मितासँगै १५ वर्षीया शान्ति र २२ वर्षीय गिरी जेठारा अझै पेवत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए ।

शुक्रबार राति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १८ घर बगाएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif