Friday, 28th August, 2026
वि.स.

ईन्द्रसरोवर आवधिक योजना निर्माण अघि बढ्यो 

Indra-1613658984.jpg

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको आवधिक योजना निर्माणमा अघि बढेको छ । गाउँपालिकाले आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा अभिमुखिकरण कार्यशाला संचालन गरेर यस कार्यमा अघि बढेको हो । गाउँपालिकाको आयोजना तथा गभर्नेन्स एण्ड डिजाइन सोलुशन चन्द्रागिरी, काठमाडौको सहजीकरणमा ६ फागुनमा मार्खुमा सञ्चालन भएको हो ।

कार्यशालामा बदलिँदो परिवेशमा तीन तहको सरकारको अन्तरसम्बन्ध र योजना तर्जुमा अभ्यास, योजना र विकास योजना, आवधिक योजना, विधि, प्रक्रिया र परिणाम, विषय क्षेत्रगत आधार सूचक र लक्ष्य सूचक, मध्यकालीन खर्च संरचना, योजना तर्जुमाको लागि आवश्यक निर्देशक समिती, विषयगत समिती र प्राविधिक समिती र तिनीहरुको कार्य जिम्मेवारी लगायतको विषयमा अभिमुखिकरण गरिएको थियो ।

कार्यक्रमको समापनमा मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामाले कार्यशालाले आवधिक योजना र मध्यकालीन खर्च संरचनाको विषय र महत्व छर्लङ्ग भएको र यसबाट बनेको दस्तावेजका आधारमा आगामी दिनमा अगाडि बढ्ने बताइन् ।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले आवधिक योजना निर्माण गर्न हिजोका दिनमा कुरा उठाउँदा विषयगत क्षेत्रका व्यक्तिहरुले आ–आफ्नो कर्तव्य र जिम्मेवारी बोध नहुँदा ढिला भएको औंल्याउदै अब निर्माण गर्ने दस्तावेजको लागि सबै सरोकारवालाहरुले प्रतिबद्ध भै सहयोग गर्न अनुरोध गरे।

आवधिक योजना निर्माणका लागि फाल्गुन महिनाभर विभिन्न चरणमा तयारीका कार्यक्रम तथा गतिविधि सम्पन्न गरि ३ दिने कार्यशाला गोष्ठी गरिने भएको छ । जनप्रतिनिधि, राजनीतिज्ञ, शिक्षक, नागरिक, कर्मचारी लगायत विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागीतामा विषेश महत्वका साथ योजना निर्माण गर्नु पर्ने भएकाले  सेवाग्राहीहरुलाई असर नपर्ने गरि गोष्ठीको लागि मिती र स्थान तय गरिने भएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif