Wednesday, 26th August, 2026
वि.स.

इन्स्पेक्टर बिष्ट मकवानपुरकै 'बेष्ट पुलिस'

POLICE-1619057212.jpg

वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका  कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट मकवानपुरकै उत्कृष्ट प्रहरी बन्न सफल भएका छन। जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको मुल्यङकनको आधारमा बिष्ट मकवानपुरको चैत्र महिनाको 'बेष्ट पुलिस' घोषित भएका हुन। 

वडा तथा नगर क्षेत्रमा हुने घटना तथा दुर्घटना न्यूनिकरण, गैरकानुनी रुपमा हेटौंडा बसेका चिनियाँ नागरिकलाई पक्रन,हराएको मोटरसाइकल फेला पर्न देखाएको सकृयता र हेटौंडा -२ र ५ मा लागेको डढेलो नियन्त्रणमा खेलेको भुमिकाको उच्च मुल्यङकन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिष्टलाई जिल्लाकै उत्कृष्ट प्रहरी घोषित गरेको हो।उनलाई मकवानपुरका प्रहरी उपरीक्षक सोमेेन्द्र सिंह राठौरले बेष्ट पुलिसको प्ररशंसापत्र  प्रदान गरेका छन। 

प्रहरी निरीक्षक बिष्ट अनुसन्धानमा अब्बल मानिन्छन।यस अघि भक्तपुर रहदा उनको सबल अनुसन्धानले भक्तपुर प्रहरीले  फरार प्रतिवादी पक्राउ गर्न सफल भएको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif