Wednesday, 19th August, 2026
वि.स.

इन्द्र बानियाँको वडामा एमाले विजयी

244647959_324259026169256-1652766292.jpg

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँको हेटौंडा उपमहानगर वडा नंबर १८ मा नेकपा एमालेको उम्मेद्वार विजयी भएको छ ।

एमालेबाट हेटौंडा १८ का उम्मेद्वार अनिल कुमार बानियाँले १८९८ मत ल्याउँदै जित हाँसिल गरेका हुन् । अनिल बानियाँ दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । बानियाँ यसअघि,२०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु बानियाँले १७२० मत ल्याए । यसैगरि,राप्रपाबाट दामोदर बानियाँले १४३, स्वतन्त्र सुन्दर दाहालले ९३ मत,जनता समाजवादी पार्टी, नेपालका मोहन थिङले ३७ मत ल्याए ।

यसैगरी, हेटौंडा-१८ मा दुई जना सदस्य एमालेका उम्मेद्वार र दुई जना सदस्य नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif