Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवर गाउँपालिकालाई विएनएमटीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

_DSC0229-1624330784.JPG

मकवानपुर । उत्तरी मकवानपुरको इन्द्ररोवर गाउँपालिकालाई विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक सहितको टोलीले असार ७ गते सोमबार गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारी समक्ष सामाग्री हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य कार्यालय मकवानपुरको सहयोगमा ट्रष्टले पिपिइ (गाउन) ५ सेट, पल्स अक्सिमिटर १ वटा, एन ९५ मास्क १० पिस,  फेसशिल्ड १० सेट, सर्जिकल मास्क १७ प्याकेट, ग्लोभ्स ९ प्याकेट, ह्यान्ड स्यानिटाइजर १२ बोटल, साबुन ५ पिस र ब्रस र मञ्जन ५/५ वटा हस्तान्तरण गरेको हो 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।