Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरमा १० संक्रमित थपिए

corona-Update-1621003980.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३१ वैशाख एक्कै दिन वडा नं। १ र २ मा गरी १६ जनामा गरिएको परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको इन्द्रसरोवरका सूचना अधिकारी दिपक चापागाईले जानकारी दिए ।

परिक्षणमा इन्द्रसरोवर गाउँपालिका १, मार्खुमा ५१ र ५० वर्षीय महिलामा र ३७, ५२, ३८, ३५, १३ र २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने वडा नं। २ कुलेखानीमा ४० र ५१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य शाखाका इन्द्रसरोवरका स्टाफ नर्स सरिता कार्कीले जानकारी दिए । 

मार्खुमा १३ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८ जनामा कोरोना पुष्टि भएको हो भने ५ जनामा नेगेटिभ देखिएको हो यस्तै कुलेखानीमा ३ जनामा गरिएको परिक्षणमा २ जनामा पोजिटिभ देखिएको हो भने १ जनामा नेगेटिभ देखिएको छ । इन्द्रसरोवरमा पोजिटिभ देखिनेमा इन्द्रसरोवरका ८ जना, थाहा १० का १ जना र भिमफेदीका १ जना रहेका छन् ।

यसका साथै इन्द्रसरोवरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १४ जना पुगेको  छ । इन्द्रसरोवरका स्वास्थ्य प्रमुख मन्नुनाथ अधिकारीले दिएको जानकारी अनुसार आजसम्म इन्द्रसरोवरमा २७ जनामा कोरोना भाइरस ९कोभिड १९० को एन्टिजेन परिक्षण गरिएको छ । इन्द्रसरोवरमा कोरोना भाइरसको संक्रमण दर तिब्ररुपमा बढ्दै गएकाले उच्च सतर्कता अपनाउदै जेठ १ गते १ जेठदेखि गाउँपालिकाको प्रत्येक वडामा कोरोना सम्बन्धि सचेतनाको लागि माइकिङ गर्ने योजना रहेको स्वास्थ्य प्रमुख अधिकारीले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०