Saturday, 15th August, 2026
वि.स.

इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ मा २४ साउन दिउँसो सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज २११४ नम्वरको सुनौलो यातायातको सुमो इन्द्रसरोवर–२ सिमखोलामा आफै अनियन्त्रित भई  सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतकको हाल सनाखत हुन सकेको छैन । उक्त सुमोमा चालकसहित ५ जना सवार थिए । तीमध्ये चालकको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, सोही दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा भारतका ज्ञानाबाद जिल्ला बिहार प्रान्तका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शंकर कुमार, २० वर्षीय बिशाल कुमार र १८ वर्षीय शिबशक्ति कुमार रहेका छन् । घाइतेमध्ये शिवशक्ति कुमारको अवस्था गम्भीर रहेको जनाएको छ । घाइते सबै जनालाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif