Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरमा थप १ जनामा कोरोना, संक्रमितको संख्या ४ पुग्यो

Indra-1620660222.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । २७ बैशाख मा इन्द्रसरोवरको वडा नं। २ का ४८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा इन्द्रसरोवरका स्टाफ नर्स सरिता कार्कीले जानकारी दिइन् । 

गाउँपालिकाको वडा नं। ३ मा स्थित सिस्नेरी स्वास्थ्य चौकीमा रहेको ल्याबमा गरिएको एन्टिजेन्ट परिक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो । यसका साथै गाउँपालिकामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ जना पुगेको छ । यसअघि बैशाख २३ गते पहिलो पटक गाउँपालिकाको वडा नं। २ स्थित आर्मी व्यारेकका ३६ वर्षिय पुरुषमा र बैशाख २६ गते वडा नं। ३ का ४४ वर्षिय महिला वडा नं। ३ कै ६७ वर्षको पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । 

सोमबार सम्ममा गाउँपालिका भित्रका ५ जनामा कोरोना भाइरसको एन्टिजेन परिक्षण गरिएको छ । कोरोनाको उच्च जोखिमलाई मध्येनजर गर्दै गाउँपालिकाले आगामी वैशाख ३१ गतेसम्म गाउँपालिका भित्रका सरकारी र गैरसरकारी संघसंस्थाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने सूचना २६ वैशाखमै नै प्रकाशन गरिसकेको छ



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०