Thursday, 2nd July, 2026
वि.स.

इन्द्रसरोवरमा कोरोनाको जोखिम बढ्यो, एकै दिन १२ जनामा संक्रमण पुष्टि 

skynews-coronavirus-covid-1625500614.jpg

इन्द्रसरोवर गाउँपालिकामा एकैदिन १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा नं. २ को कुलेखानी स्वास्थ्य चौकीमा २१ असारमा २१ जनामा गरिएको परिक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य प्रमुख मन्नुनाथ अधिकारीले जानकारी दिए । 

परीक्षणको क्रममा वडा नं. २ कुलेखानीका ४०, २५, ४३, २६ र ८० वर्षीय पुरुष र ७६, ४०, ३१ र ३६ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ भने वडा नं. ५ फाखेलका २९ र ३३ वर्षीय पुरुष र २८ वर्षीय महिलामा कोरोना पुष्टि भएको स्टाफ नर्स सरिता कार्कीले जानकारी दिए ।

योसँगै इन्द्रसरोवरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ जना पुगेको  छ । गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार सोमबारसम्म इन्द्रसरोवरमा १ सय १९ जनामा कोरोना भाइरस (कोभिड १९) को एन्टिजेन परीक्षण गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।