Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरमा एकैदिन पशु सम्बन्धि विविध कार्यक्रम सम्पन्न

105394425_873615199799495-1593233594.jpg

इन्द्रसरोवर गाउपालिकाको आ.व २०७६÷०७७ को स्वीकृत कार्यक्रम अनुसार वडा नं ३ सिस्नेरिमा विविध कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा नं ३ सिस्नेरीको वडा कार्यालयमा भएको कार्यक्रममा घाँसको बीउ (सुपर नेपियर) वितरण गरिएको छ । साथै पशु स्वास्थ्य ब्यबस्थापनका लागि औषधि वितरण र पशुपन्छी तथा मत्स्य उपचार सेवा कार्यक्रम सञ्चालनमा कृषकहरुलाई औषधि वितरण गरिएको छ । यसका साथै ए.आइ कृत्रिम गर्भाधान निःशुल्क सेवा (एक बराबर ३ पटक सम्म) कार्यक्रममा आफ्ना गाई भैंसीमा कृत्रिम गर्भाधान गराउने कृषकरुलाई अनुदान स्वरुप पाउने रकम हस्तान्तरन समेत हस्तान्तरण गरिएको गाउँपालिकाका पशुशाखा संयोजक अमृत गोपालीले जानकारी दिनुभयो ।

Image may contain: 3 people, people standing and outdoor
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, वडा अध्यक्ष चिरञ्जीवि पौडेल सहित पशुप्राविधिकहरु अमृत गोपाली र विश्वास रेग्मीको सहभागिता रहेको थियो ।

Image may contain: 7 people, people sitting



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।