Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरको सबै वडाबाट अब अनलाइन घटना दर्ता हुने

Indra-1618885113.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले व्यक्तिगत घटना दर्ता अनलाइन गर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उपलब्ध गराएको सूचना व्यवस्थापन प्रणाली (एमआइएस) मार्फत अनलाइन घटना दर्ता थालिने भएको एमआइएस अपरेटर मञ्जरी बलामीले जानकारी दिइन् । 

घटना दर्ता अनलाइन गर्नका लागि पालिकाका पाँच वटै वडाका सचिवहरुलाई तालिम दिइएको छ । सचिवहरुलाई एमआइएस अपरेटर बलामीले तालिम दिएकी हुन् । ‘सचिवहरुलाई पाँचदिने तालिम दिइएको छ, अब सबै वडामा व्यक्तिगत घटना दर्ता अनलाइन हुन्छ’–बलामीले भनिन् । 

गाउँपालिकाको वडास्तरमा हुने व्यक्तिगत घटनाहरु हस्तलिखित नभई अब अनलाईन प्रणाली मार्फत दर्ता हुने गाउँपालिका अध्यक्ष जीवन लामाले बताए । पालिकाबाट वितरण हुने सामाजिक सुरक्षा भत्तालाई अनलाईन र बैंकिङ प्रणालीमा लैजान प्राथमिकताको साथ काम भैरहेको अध्यक्ष लामाले जानकारी गराए । वडा कार्यलयमा कार्यरत कर्मचारीहरुलाई प्रणालीमा दक्ष बनाउने र सेवाग्राहीलाई सहज, सरल र प्रविधिमैत्री सेवा दिन गाउँपालिका सदैब तयार रहेको उनको भनाई थियो । पालिकाको राजश्व प्रणाली लयागत अन्य सेवाहरुमा पनि अनलाईन प्रणाली तर्फ उन्मुख गराउँदै लैजाने पालिकाको योजना रहेको उनले बताए ।

इन्द्रसरोवरको ५ वटै वडा कार्यालय र माद्ययमिक तहका विद्यालयहरुमा इन्टरनेटको पहुँच विस्तार गरिएको छ । अब  गाउँपालिकाले इन्टरनेटमा आधारित गतिविधि बढाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले जानकारी दिए । 

तालिम समापनको अवसरमा सबै वडाका स्थानीय पञ्जीकाधिकारीहरुलाई डेक्सटप कम्प्युटर, प्रिन्टर, स्क्यानर र ४ जि वायरलेस डंगोल १/१ थान वितरण गरेको छ । पालिकाले प्रविधि सम्बन्धि तालिम तथा समाग्री प्रदानसँगै सबै वडाबाट यहि महिनाबाटै हस्तलिखित प्रमाणपत्र बन्द गरी अनलाइन प्रणाली मार्फत प्रमाणपत्र जारी गर्ने एमआइएस अपरेटर बलामीले जानकारी दिइन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०