Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरका किसानलाई घाँसको बिउ वितरण

104908099_277525753488667-1593357653.jpg

मकवानपुरको इन्द्रसरोवरमा आज कृषकहरुको लागि सुपर नेपियर घाँसको बिउँ वितरण गरिएको छ । इन्द्रसरोवर गाउपालिकाको आ.व २०७६÷०७७ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको वडा नं २, ४ र ५ मा घाँसको बिउ वितरण गरिएको पशु विकास शाखाका शाखा प्रमुख अमृत गोपालीले जानकारी दिनुभयो ।

वडाहरुमा वडा अध्यक्ष, सचिब र प्राविधिकहरुको समन्वयमा आज करिब २ सय किसानलाई घाँसको बिउँ वितरण गरिएको हो ।

इन्द्रसरोवर ३ सिस्नेरिमा ३ शुक्रबार वितरण गरिएको थियो । सिस्नेरीमा करिब १ सय ५० जना किसानलाई घाँसको बिउ वितरण गरिएको थियो भने पशु स्वास्थ्य ब्यबस्थापनका लागि औषधि वितरण र पशुपन्छी तथा मत्स्य उपचार सेवा कार्यक्रम अन्तर्गत सोही दिन सिस्नेरीमा करिब १ सय २० जना कृषकलाई औषधी वितरण गरिएको थियो । साथै शुक्रबार नै ए.आइ कृत्रिम गर्भाधान निःशुल्क सेवा (एक बराबर ३ पटक सम्म) कार्यक्रममा आफ्ना गाई भैंसीमा कृत्रिम गर्भाधान गराउने कृषकहरुलाई ७ सयको दरले अनुदान स्वरुप पाउने रकम हस्तान्तरण गरिएको गाउँपालिकाका पशुशाखा संयोजक गोपालीले जानकारी दिनुभयो । हालसम्म इन्द्रसरोवर गाउँपालिका भित्र २५ जना कृषकहरु ए.आइ कृत्रिम गर्भाधान निःशुल्क सेवा कार्यक्रममा सहभागी रहेको उहाँले बताउनु भयो ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।