nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरः- धमाधम धान रोपाइँ हुदै (फोटो फिचर सहित)

_DSC0089-1623808651.jpg

मकवानपुर । “छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला, बनाई कुलो लगाई पानी आएर गोडौला” भन्ने असारको मर्म बोकेके नेपाली गित सँगै अहिले असार (रोपाइँ) सुरु भएको । मानो छरेर मुरी फलाउने किसानहरु यो महामारीको समेत पर्वाह नगरी धान रोप्न ब्यस्त देखिन्छन् ।
उत्तरी मकवानपुरको इन्द्ररोवर गाउँपालिकामा धमाधम धान रोपाइँ भैरहेको छ । कोरोना भाइरसको उच्च जोखिम र निरन्तरको वर्षाका बिच पनि किसानलाई धान रोप्नको चटारो भएको छ । 

No description available.
गाउँपालिकाको ५ वटा वडा मध्ये वडा नं. २ कुलेखानी र ३ को सिस्नेरीमा अधिकांश किसानले धान रोप्ने गरेका छन् भने अन्य वडाहरुमा न्युन मात्रामा धान खेती हुने गरेको गाउँपालिकाका कृषि प्रमुख कुमार पौडेलको भनाई छ । गाउँपालिकाको तथ्याङ्क अनुसार गाउँपालिकाको क्षेत्रभित्र करिब १८ हेक्टर जमिनमा धान खेती हुँदै भएको छ । 

No description available.
हरेक वर्ष धान रोपाइँ सकिन नपाउँदै खेतमा भलबाढी पस्ने समस्याले नदी किनारामा खेत भएका किसानहरु चिन्तित हुने गरेको एक किसानले बताए । वर्षाको समयमा अत्याधिक पानी पर्ने र बाढी पहिरोका कारण गाउँपालिकाको खानीखेत, तोड्के, सिस्नेरी लगायतका गाउँपालिकाकै समथर भुभागमा रहेका खेतमा भलबाढी पस्ने समस्या किसानले हरेक वर्ष भोग्दै आएका छन् । 

No description available.
किसानले धान खेती पछि विभिन्न मौसमी तरकारी तथा अन्नबाली लगाउछन् । तरकारी खेतीका लागि गाउँपालिकाबाट विभिन्न उन्नत जातका बिउबिजन, आधुनिक मेसिन तथा कृषि सामाग्रीहरु अनुदानमा प्राप्त गरेका छन् । तर धान खेतीका लागि भने उन्नत जातको विउबिजन लगाउत कुनै पनि कार्यक्रम नभएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

 

No description available.No description available.



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।