Saturday, 15th August, 2026
वि.स.

इन्द्रसरोबरमा सुमो दुर्घटना, १० जना घाइते, ३ को अवस्था गम्भीर

हेटौंडा-काठमाडौं छाेटाे दुरीकाे मार्गअन्तर्गत इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ लामबगरमा आज दिउँसो ३ बजे टाटासुमो दुर्घटना भएको छ । बीरगञ्जका लागि काठमाण्डौँबाट छुटेको ना १ ज ४५११ नम्बरको सुमो खानखेत-सिस्नेरी खण्डमा सडकबाट भीरमा खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । सुमोमा चालकसहित १० जना रहेको र सबै घाइते भएको खानीखेत प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ रहेको छ । 

तीव्र गतिका कारण सवारी दुर्घटना भएको सुमोमा सवार घाइते यात्रुहरुले बताएको स्थानीय सञ्चारकर्मी सन्तोष बानियाले थाहाटाइम्सलाई जानकारी दिए । सुमो सडकबाट झण्डै ४० मिटर तल खसेको छ ।

अहिले घाइतेहरुको उद्धार गरी उपचारको लागि पठाइँदै गरेको खानीखेत प्रहरी चौकीका असइ आर. सि.  शाहले जानकारी दिए । घाइतेहरुलाई एम्बुलेन्स, प्रहरीको गाडी र जिपमा राखेर अस्पताल पठाइएको छ । घाइतेहरुको विवरण आउन बाँकी रहेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif