Sunday, 16th August, 2026
वि.स.

इन्द्रसराेवरमा सुमो दुर्घटना,३ जना घाइते

IMG_20211231_154936-1640945111.jpg

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नंबर २ सिमखोला नजिक ‘ब्रेक फेल’ हुँदा सुमो दुर्घटनामा परेको छ ।

विरंगजबाट हेटौंडा हुँदै काठमाण्डौ गईरहेको प्रदेश नंबर २-०३-००१ ज,०१३० नंबरको सुमो ब्रेक फेल हुँदा आफै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले बताए ।

उनले सुमो ‘ब्रेक फेल’ हुँदा अनियन्त्रित भएर दुर्घटना हुँदा सडकबाट करिब ७ मिटर तल खसेको बताए ।

निमित्त प्रहरी प्रवक्ता सापकोटाका अनुसार सुमोमा चालक सहित ८ जना सवार रहेकोमा दुर्घटनामा दुई जना महिला र एक जना पुरुष गरेर ३ जना घाईते भएका छन् ।

उनिहरुको हात र खुट्टामा चोट लागेको र थप उपचारको लागि काठमाण्डौ पठाईएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निमित्त प्रहरी प्रवक्ता सापकोटाको भनाई छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०